site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उत्तर कोरियाले लियोनल मेस्सी भन्दा राम्रा खेलाडी उत्पादन गर्ने !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । उत्तर कोरियाले स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई पछि पार्ने खेलाडी उत्पादन गर्ने बताएको छ  । विश्व फुटबलमा आफ्नो अधिपत्य जमाउने उद्देश्यले उत्तर कोरियाले मेस्सी भन्दा राम्रा खेलाडी निकाल्न खेलाडीहरुलाई बिशेष प्रशिक्षण समेत दिन थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
बेलायती अनलाइन मेट्रो युके डटकमका अनुसार उत्तर कोरियाले आफ्नो देशको फुटबल विकासका लागि राजधानी प्योेङ्याङस्थित अन्तर्राष्ट्रिय फुटबल स्कुलमा विशेष प्रशिक्षण थालेको जनाएको छ । जस्को उद्देश्य आणविक हतियारमा जस्तै फुटबलमा पनि शक्तिशाली बन्नु रहेको मेट्रोले समाचार लेखेको छ ।
“हामीले हाम्रो स्कुलमा खेलाडीहरुलाई विशेष प्रशिक्षण दिइरहेका छौं,”अन्तर्राष्ट्रिय फुटबल स्कुलका प्रशिक्षक रि यु आईले मेट्रोसँग भनेका छन्, “हामीले हाम्रा खेलाडीलाई बिशेष प्रशिक्षण दिनुको कारण लियोनल मेस्सी भन्दा राम्रो खेलाडी बनाउने र विश्व फुटबलमा नयाँ शक्ति बन्ने हो ।”
र,प्रशिक्षक रि यु ले यसमा उत्तर कोरिया सफल हुने समेत दाबी गरेका छन् ।
कट्टर कम्युनिस्ट राष्ट्र उत्तर कोरिया एसियाली फुटवलमा पावरहाउस नै मानिन्छ । उत्तर कोरियाले विश्वकप समेत खेलिसकेको छ । उत्तरकोरियाले सन् २०१० को विश्वकप खेलेको थियो । फिफा बरियतामा उत्तरकोरिया १ सय २६ औं स्थानमा छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC