बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपाललाई हिन्दु राष्ट्र बनाउन राप्रपा र राप्रपा नेपालको एकताः जबरा
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, मंसिर १, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेसमा दुई प्रदेशसहित विभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको बताएका छन् ।
रफ्तसञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बुधबार जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरि संविधान संशोधनको तयारी भइरहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच अबको तीन महिनाभित्र एकिकरण हुने भन्दै उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित  पार्टी एकिकरण हुन लागेको जबराले बताए ।
उनले पार्टी एकिकरणसँगै पदिय बाँडफाँड समेत मिलिसकेको भन्दै आफू निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र  राप्रपा नेपालका अध्यक्ष कमल थापा निर्देशक समितिको निर्णय कार्यान्वयन गर्ने पार्टी अध्यक्ष बन्ने बताए ।
जबराले पुरानै संरचना अनुरुप स्थानिय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै यसो नगरे स्थानिय निकायको निवार्चन नहुने बताए ।
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, मंसिर १, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्