site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालद्वारा इन्डियन जिमखाना २० रनले पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौँ ।इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मैत्रीपूर्ण खेलमा स्थानीय क्लब इन्डियन जिमखाना क्लबलाई पराजित गरेको छ । इन्डियन जिमखानाको घरेलु मैदानमा बिहीबार राती भएको टि ट्वान्टीमा घरेलु टोलीलाई २० रनले पराजित गरेको हो ।
 
जिमखाना स्टेडियममा नेपालले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको इन्डियन जिमखानाले पुरै २० ओभरमा अलआउट हुदै १ सय ४२ रनमा समेटियो  । इन्डियन जिमखानाका लागि पुनिट के मेराले ४७ रन बनाएका थिए । त्यस्तै उसका सदिक अम्रादीले २५, आदित्य आर्चियाले १५ र भुपिन्दर सिंहले २४ रन जोडे । इन्डियन जिमखानालाई सस्तैमा समेट्न क्रममा बिक्रम सोव, करन केसी, शक्ति गौचन र सागर पुनले दुईरदुई विकेट लिएका थिए ।
 
 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निधार्रित २० ओभरमा ७ विकेटको क्षतिमा  १ सय ६२ रनको मध्यम योगफल तयार गरेको थियो  । नेपालको मध्यम योगफलका लागि सागर पुनले अर्धशतकिय पारी खेल्दै ५५ रन जोडे । सागरले ४७ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाएका थिए ।  त्यस्तै उपकप्तान ज्ञानेन्द्र ३८ रन जोड्दा कप्तान पारस खड्काले १५ रन बनाए । यस्तै राजेश पुलामी १३ तथा राजु रिजालले २४ रन जोडे ।
 
इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण खेलको लागि  इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार स्टनमोरे क्रिकेट क्लबसंग ५० ओभरको खेल खेल्ने छ । त्यसपछि नेपालले साउन ४ गते लर्ड्समा एमसीसीसँग मैत्रीपूर्ण खेल खेल्ने छ । खेल ५० ओभरको हुनेछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको क्रिकेटको मक्का मानिने लर्ड्समा खेल्न लागेको हो ।
 
 
यस्तै इंग्ल्यान्ड भ्रमणलाई नेपाली टोलीको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ । 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC