site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्पले पश्चिमलाई ध्वस्तै पार्लान् त ?
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मेरो सम्पूर्ण राजनीतिक जीवन ‘पश्चिम’ भनिने जगत्मा बितेको छ । यो ठ्याक्कै पश्चिमै चाहिँ हैन । यसको मुख्य भूमि पश्चिम युरोप र अमेरिका हुन् भने दूरपूर्वका मुलुकहरू अस्ट्रेलिया र जापान पनि यसमा समावेश गरिएका छन् । यथार्थमा यो पश्चिम भन्ने समान मूल्य र आशा भएको एउटा समुदाय हो । दोस्रो विश्वयुद्धपछि अमेरिकी विश्व नेतृत्वको प्रतिविम्बका रूपमा पश्चिमको रक्षा अमेरिकाको सैन्य शक्ति र ज्ञान भण्डारबाट भएको थियो । र, यो संसारको सबैभन्दा शान्त र समृद्ध ठाउँ थियो ।
पश्चिमले सायद अहिलेसम्म प्रचलित व्यवस्थामध्ये सबैभन्दा सफल विश्व व्यवस्थाको आधार प्रदान गरेको थियो । अमेरिकाको नेतृत्वमा पश्चिमले अन्तर्राष्ट्रिय संस्थाहरू, सहयोगका व्यवस्था र समान समस्याका लागि समान धारणजस्ता विषयको सिर्जना, निर्धारण र सञ्चालन गरेको थियो । विश्वका अधिकांश स्थानमा पश्चिमले शान्ति कायम राख्न र समृद्धि बढाउन सहयोग गरेकाले यसका अवधारणा र सिद्धान्तले लाखौं अनुयायीलाई आकर्षित गरेको थियो ।  
अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको निर्वाचनले भने यो सम्पूर्ण प्रणालीमै चुनौती उपस्थित भएको छ । ट्रम्पले आफ्नो अशिष्ट र कपटपूर्ण चुनावी अभियानमा वाचा गरेका कुरा पदमा पुगेपछि पूरा गर्न खोजे भने अर्बौं मानिस लाभान्वित भएका र विकास हुन दशकौं लागेको अत्यन्त उच्च कोटीका उपलब्धिहरू ध्वस्त पार्न सक्नेछन् । अमेरिकीहरूसँगै यसबाट लाभान्वित हामी पनि यसमा धुकधुकी छँदैमा यसको प्रतिरक्षामा उभिनुपर्छ । 
ट्रम्पले कार्यान्वयन गर्न नहुने एउटा चुनाबी प्रतिज्ञा व्यापारको संरक्षणवाद हो । स्वतन्त्र व्यापार सम्झौता भंग गर्ने र नयाँ वार्ता नगर्ने अवधारणा अमेरिकी कामदार वर्गलाई पछाडि पार्ने आर्थिक असमानता बढाउने कारण विश्वव्यापीकरण हो भन्ने ठानेर बनाइएको हो । अमेरिकी कामदार वर्गको आर्थिक कष्टको वास्तविक कारण भने प्राविधिक विकास र कर तथा खर्च बढाउने धनीहरूलाई बढी फाइदा पुग्ने नीतिहरू हुन् । 
ट्रम्पले मेक्सिको र क्यानाडासँगको नर्थ अमेरिकन फ्री ट्रड एग्रिमेन्ट (नाफ्टा) बाट बाहिरिए, प्यासिफिक पार साझेदारी (ट्रान्स प्यासिफिक पार्टनरसिप) बाट विमुख भए र विश्व व्यापार संगठनलाई चुनौती दिए भने उनले आफूलाई मत दिने जनतालाई नै मर्कामा पार्नेछन् । अनि, विदेशमा मित्र र प्रभाव दुवै गुमाउनेछन् ।
नाटोका साथै जापान र दक्षिण कोरियासँगको सुरक्षा व्यवस्थाबाट पछि हट्नु ट्रम्पले अपनाउन सक्ने अर्को डरलाग्दो नीति हुनसक्छ । ट्रम्पको पूर्वाग्रही दृष्टिकोणअनुसार अमेरिकाले मित्र राष्ट्रहरूलाई सित्तैमा सुरक्षा प्रदान गर्नु हुँदैन र उनीहरूलाई आफ्नो रक्षा आफैँ गर्नका लागि छाडिदिनुपर्छ ।
व्यवहारमा यस्तो अडान अत्यन्त अस्थिरताजनक हुनसक्छ । पूर्वी युरोप र बाल्टिक राज्यहरू रुसको दयामा निर्भर हुनेछन् । र, एसिया तथा मध्यपूर्व आणविक विस्तारको जोखिममा पर्नेछ । अमेरिकाको आड नपाएपछि मुलुकहरूले आ–आफ्नै आणविक हतियार विकास हुनसक्छ । ट्रम्पले त यस्तो अवस्था पनि स्वीकार्य हुनेछ भनिसकेका छन् ।
इरानसँगको आणविक सम्झौता भंग गर्ने ट्रम्पको आह्वानकै उदाहरण लिऊँ । इरानले आणविक कार्यक्रम फेरि सुरु गर्यो भने साउदी अरेयिबा चुप लागेर बस्छ भनेर कसैले सोच्न सक्छ ? अमेरिकाका राष्ट्रपति बाराक ओबामाको एउटा प्रमुख उपलब्धि इरानसँगको सम्झौताको आलोचनाले ट्रम्पलाई चुनावी अभियानका क्रममा त फाइदै भयो होला तर त्यो सम्झौता साँच्चै नै भंग गर्दा त्यसले संसारलाई धेरै बढी खतरनाक बनाउनसक्छ ।  
ट्रम्पको जलवायु परिवर्तनसम्बन्धी दृष्टिकोण अर्को समस्यामूलक छ । उनले ग्रिनहाउस ग्यास प्रदूषण कम गर्न र विनाशकारी जलवायु परिवर्तनमा छेकबार लगाउने पेरिस जलवायु सम्झौताबाट बाहिरिने इरादा व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनका विषयको मुखर विरोधी मेरोन इबेललाई अमेरिकी वातावरण संरक्षण निकायको सुपरिवेक्षणको जिम्मेवारी सुमिपसकेका छन् ।
ट्रम्पले मानवीय कारणबाट जलवायु परिवर्तनमा प्रभाव परेको धारणा चीनले अमेरिकी उद्योगहरूलाई कम प्रतिस्पर्धात्मक बनाउन फैलाएको हल्ला हो भन्ने तर्कहीन विश्वासमा आधारित छ । यो ट्रम्पले चीनमाथि लगाएको सामान्य आरोपमात्र हैन । विशेषगरी, व्यापारका हकमा चीनप्रति उनको विद्वेषपूर्ण दृष्टिकोणले अहिले नै तनावपूर्ण रहेको दुई पक्षीय सम्बन्धमा थप हानि हुनेछ र त्यसले बहुराष्ट्रिय अमेरिकी कम्पनी एवं अमेरिकाका मित्रहरूलाई उत्तिकै हानि पुर्याउँछ । 
ट्रम्पको राष्ट्रपतित्वले एक प्रकारको अस्तित्वमै संकट उत्पन्न पनि गर्दैछ । मुस्लिम, मेक्सिकन, महिला र अपाङ्गता भएका व्यक्तिहरूजस्ता पछाडि पारिएका समूहप्रति उनको अपमानजनक टिप्पणी अमेरिकाको मौलिक परिचय र विश्वमा स्थान तथा पश्चिमी मुलुकहरूलाई आबद्ध गर्ने मूल्यविपरीत हो । 
अमेरिकी नेतृत्व समाप्त भयो भने सन् १९४५ पछिको विश्व व्यवस्थाको अन्त्य हुनेछ भन्ने जर्मन चान्सलर एन्जला मर्केल सबैभन्दा पहिले बुझेको देखिन्छ । ट्रम्पको विजयप्रति उनको प्रतिक्रिया सशक्त र प्रखर रहेको छ – ‘जर्मनी र अमेरिका लोकतान्त्रिक मूल्यहरू, स्वतन्त्रता, कानुनको पालना र उत्पत्ति, छालाको रंग, धर्म, लिंग, यौनिक उत्प्रेरण वा राजनीतिक विचारमा भेदभाव नगर्ने मानवीय मर्यादाको सम्मानमा आधारित छ । ’ यिनै मूल्यमा आधारित रहेर ट्रम्पसँग सहकार्य गर्ने उनले घोषणा गरेकी छन् ।
अमेरिकाका सबै सहयोगी र मित्रहरूले सम्बोधन गर्नुपर्ने यसरी नै हो । मर्केलले जसरी नै हामी सबैले पश्चिमको मूल्य मान्यता र उपलब्धिका बारेमा दृढतापूर्वक उभिनुपर्छ । ट्रम्पले विधिको शासन र खुला समाजविरुद्ध कुनै क्रियाकलाप गरेमा त्यसको निन्दा गर्नुपर्छ । हामी मानवीयतालाई दूरगामी लाभ पुर्याउने खुला व्यापारका पक्षमा उभिनु  पनि पर्छ । र, हामीले इरानसँगको आणविक सम्झौता कायमै राख्ने र संसारमा आणविक अप्रसारका पक्षमा पनि संघर्ष गर्नैपर्छ ।    
पूर्वी र मध्य युरोपमा रुसको दुस्साहसवादविरुद्ध दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याउनु पनि उत्तिकै आवश्यक छ । खासगरी, नर्थ एटलान्टिक ट्रिटीको धारा ५ लिथुवानिया, ल्याटविया, एस्टोनिया र पोल्यान्डलगायत अमेरिकाले अझै नेतृत्व गर्दैआएको सैनिक गठबन्धनका सबै सदस्यमाथि लागु हुन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ । ( यसमा वर्षौँदेखि हाम्रो सामूहिक प्रतिरक्षा गर्नुपर्ने योगदानबाट विमुख हुँदै गएका नाटोका युरोपेली सदस्यहरूले उनीहरूको योगदान बढाए भने यसबाट सहयोग पुग्नेछ ।)
अन्त्यमा, हामी पश्चिमेलीहरू चीनको बनिया प्रवृत्ति र आन्तरिकरूपमा दमनकारी नीतिसँग हाम्रो असहमति जनाउन पछि हट्न हुँदैन तर साथै हामी चीनलाई पन्छाउने र हेप्ने हैन सहकार्य गर्न चाहन्छौँ भन्ने पनि स्पष्ट पार्नुपर्छ ।
यो ‘पश्चिमी’ अवधारणा अमेरिकाको सबैभन्दा उत्तम उपलब्धिमध्ये एउटा हो (यद्यपि, अरू धेरै मुलुकको पनि यसमा योगदान छ ।) अमेरिकाले यो उपयुक्त, व्यावहारिक र पे्ररक उपलब्धिलाई इतिहासको रद्दीको टोकरीमा फाल्यो भने त्यो विश्वका निम्ति अमेरिकाले गरेको आत्मघातपूर्ण विध्वंश सिद्ध हुनेछ ।
(अक्स्फोर्ड विश्वविद्यालयका कुलपति
 
Project Syndicate, 2016.
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC