site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
राजनीतिक परिपक्वता वा संसदीय अभ्यासमा अभ्यस्त भएको भए अविश्वासको प्रस्ताव दर्ता भए पनि संसद्को कार्यसूचीमा रहेका काम विनाअवरोध अगाडि बढ्थ्यो । तर, आर्थिक वर्ष २०७३/७४ को वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) पारित गरिनुका साथै सम्बन्धित केही कानुन प्रस्तुत हुने कार्यसूची भए पनि प्रमुख राजनीतिक दलका नेताहरूको अपरिपक्वताका कारण बुधबार व्यवस्थापिका संसद्मा प्रस्तुतै हुनसकेन । सत्तारुढ गठबन्धनको प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अन्योल बजेट पारित हुन नसकेपछि झन् गहिरिएको छ । 
 
हुनत, संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले ओली मन्त्रिपरिषद्विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि नै सरकार अल्पमतमा परिसकेको छ । संविधानमै संशोधनको माग राखेर आन्दोलनरत मधेसी मोर्चा र गठबन्धनले समेत ओली मन्त्रिपरिषद्विरुद्धको अविश्वासको प्रस्ताव पारित हुन सहयोग गर्ने सार्वजनिकरूपमै बताइसकेका छन् । तर, यति सबै भए पनि प्रधानमन्त्री ओलीले राजीनामा दिएनन् । उनले राजीनामा नदिएपछि अविश्वासको प्रक्रिया पूरा गर्नैपर्छ । संसदीय प्रक्रिया पूरा गर्दा केही समय लाग्छ । नेपालको संविधान, २०७२ मा जेठ १५ गते नै बजेट प्रस्तुत गर्ने प्रावधान राख्नुको तात्पर्य भने समयैमा बजेट पारित पनि होस् र राजनीतिक खिचातानी वा अरू कुनै कारणले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न नपाओस् भन्ने नै हो । तर, प्रधानमन्त्री ओलीले राजीनामा दिने वचन दिएर वा प्रतिपक्षीहरूले अवरोध नगरेर पनि बजेट पारित गराएर संविधानको भावनाको सम्मान गर्न चाहेनन् । यसले राजनीतिक नेताहरूको साख थप गिराएको छ ।
 
प्रमुख राजनीतिक दलका नेताहरूको सत्ता लोलुपता र अदूरदर्शी एवं हठी चरित्रका कारण जनसाधारणमा राजनितिप्रति वितृष्णा बढ्दै गएको छ । संविधान सभाको ठूलो बहुमतले पारित गरेको संविधान लागु भएपछि देशमा देखिनुपर्ने उत्साह त मधेस आन्दोलन, भारतको अघोषित नाकाबन्दी, सरकारको संवेदनहीनता तथा कालोबजारीका कारण यसै मरेको थियो । त्यसमा पनि भूकम्पका कारण भौतिक र मधेस आन्दोलनबाट राजनीतिक संकटमा पर्दासमेत राजनीतिक दलका नेता सत्ता लोलुपताभन्दा माथि उठ्न नसकेको देख्दा थप निराशा व्याप्त भएको छ । यस्तो बेलामा सत्ता परिवर्तनको खेलमा लागे पनि इमानदारी र सुझबुझ देखाएका भए जनताले माफ गर्न सक्थे होलान् । तर, सरकारबाट एमाले हट्ता कठै नभनेजस्तै कांग्रेस माओवादी गठबन्धनको सत्तारोहणप्रति पनि जनतामा निस्पृहता नै देखिने निश्चित छ । नयाँ संविधान जारी हुनेबित्तिकै देखापरेको यस्तो निस्पृहता राष्ट्रको भविष्यका लागि सकारात्मक संकेत होइन । अझै पनि नेताहरूले विवेक प्रयोग गरेर राजनीतिक इमानदारी र परिपक्वता देखाउन सके देशको भविष्य जोगाउन सकिने थियो कि ?   
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC