विदेश
काठमाडाैं । फ्रान्सको निस सहरमा बिहीबार राति एउटा ट्रक उत्सव मनाइरहेको भिडमा कुदाउँदा ७५ जनाको ज्यान गएको छ भने सय जना जति घाइते भएका छन् ।
फ्रान्सेली क्रान्तिको सम्झनामा मनाइने बेसिल दिवस मनाउन भएको आतिसबाजी हेर्न जम्ममा भएको भिडमा कुदाउँदा ट्रक ड्राइभर प्रहरीको गोलीबाट मारिए । एएफपीले जनाएअनुसार ट्रकमा हतियार र गोलाबारुद भेटिएकाले फ्रान्सेली अधिकारीले घटनालाई आक्रमणका रुपमा लिएका छन् ।
बेसिलको किल्ला १४ जुलाई १७९० मा जनताले कब्जा गरेर क्रान्ति सुरु गरेको सम्झनामा यो दिवस उत्सवका रूपमा मनाइन्छ ।
बीबीसीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार मर्नेको संख्या ७३ नाघेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३ ०५:५४
प्रतिक्रिया दिनुहोस्