नागरिक अभिलेख र नागरिकता

विसं २००७ सालदेखिको परिवर्तन र भिन्नभिन्नै कालखण्डमा भएका राजनीतिक चलखेल हेर्दा नागरिक अभिलेखको अभाव र नागरिकता वितरणको वैज्ञानीकरण नहुँदा शक्तिकेन्द्रहरूले आफ्नो स्वार्थपूर्तिका लागि हजारौँ र लाखौंको सङ्ख्यामा गैरनेपालीहलाई नागरिकता वितरण गरेका चर्चा बेलाबखत हुनेगरेको सुनिन्छ ।