गफ वर्ष–२०७५

यसअघि नै राजा वीरेन्द्रको वंश नाश गरिएको खाली ठाउँमा उदय भएको थियो राजा ज्ञानेन्द्रको । उनलाई प्रजातन्त्र चित्त बुझेन, सार्वभौम जनता मन परेन । तानाशाह हुने दुःस्वप्न जाग्रत थियो ज्ञानेन्द्रमा । अर्थात् बाटो बिराए, बहकिए, महेन्द्र हुने सपना देखे । अन्ततः सिंहासन आसीन राजतन्त्रमात्रै होइन, श्रीपेच लगाउने राजसंस्था नै उखेलियो ।