site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीका सांसदलाई पुनर्बहाली गर्ने सर्वाेच्चकाे आदेशविरुद्ध ओलीको भ्याकेट निवेदन
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका सांसदको पुनबर्हालीको सर्वोच्चको अन्तरिम आदेशविरुद्ध पुनरवलोकन निवेदन (भ्याकेट) दर्ता गरेका छन् । निवेदन आइतबार दर्ता गरिएको अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए । निवेदनको पेशी मंगलबार तोकिएको उनले बताए । 

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले गत जेठ ३० गते एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारबाही अस्वीकार गर्दै कर्णालीका चार सांसदहरूको पुनर्बहाली गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेता माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरेपछि एमालेले कारबाही गरेको थियो ।

उनीहरूमध्ये तीन जना कर्णली सरकारमा मन्त्री छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC