site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महाकाली नदीले १५ घर डुबानमा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१०, कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । राति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी नायब निरीक्षक दानबहादुर विष्टको नेतृत्वमा रहेको सातजनाको टोली, दोधाराचाँदनीस्थित बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी नायब निरीक्षक केशव विष्टको नेतृत्वमा रहेको सातजनाको टोली तथा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका परिवारलाई पशुचौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्धार गरिएका परिवारमा आलोक दमाई, पुरन दमाई, शंकर आग्री, चोकवीरे दमाई, जीतबहादुर खड्का, तुलसी सार्की, महावीर सुनार, जीवन सुनार, कर्णबहादुर सुनार, मानवीर सुनार, गगन सुनारलगायतको परिवार छन् ।

“घर डुबानमा परेको खबर पाउनेबित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौँ,” सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले भने, “मानवीय र भौतिक क्षति भएको छैन ।”

Global Ime bank

महाकाली नदी बाढीको पानीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको बताइएको छ । भीमदत्त नगरपालिका–१२, ऐरीमा बाढीले घर डुबानमा परेपछि ६ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ ।

महाकाली नदीमाथि निर्माण भइरहेको चार लेनको पक्की पुल जोड्ने पहुँचमार्गको २५ मिटर सडक बाढीले कटान गरी बगाएको छ । सोही स्थानबाट नदी बगिरहेको छ ।

पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो क्रममा रहेको छ । बिहान ६ बजेको मापनानुसार पानीको बहाव दुई लाख १६ हजार क्युसेक रहेको छ । राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्युसेकसम्म पुगेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC