site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो 
Sarbottam CementSarbottam Cement

बीबीसी । ब्राजिलमा कोभिड–१९ सँग सम्बन्धित मृत्युको संख्या पाँच लाख पार गरेको छ । यो भनेको विश्वकै दोस्रो ठूलो मृत्युको तथ्यांक हो ।

स्वास्थ्यविद्हरुले जाडो यामको सुरुवात र अति सुस्त गतिमा जारी खोप अभियानका कारण आगामी दिनहरुमा स्थिति झन् भयानक बन्दै जाने बताइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भाइरस तीव्र रुपमा फैलिरहँदा त्यहाँका राष्ट्रपति जेर बोल्सेनेरोले भने सामाजिक दूरीलगायत सुरक्षाका उपाय अपनाउन अस्वीकार गरिरहेका छन् ।

स्वास्थ्य संस्था फिओक्रुजका अनुसार स्थिति अत्यन्तै संकटपूर्ण बनेको छ । हाल त्यहाँ १५ प्रतिशत वयस्कहरुले मात्र खोपको पूरा डोज प्राप्त गरेका छन् । त्यस्तै, ब्राजिलको संसद्ले महामारी नियन्त्रणमा सरकारको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।

Global Ime bank

राष्ट्रपति बोल्सेनेरो भाइरसप्रति उनले जनाएको प्रतिक्रियाबारे लगातार आलोचित भइरहेका छन् । उनले कोरोनाविरुद्धको खोपदेखि लकडाउन, मास्क लगाउने आवश्यकतालगायत सबै सुरक्षाका उपायहरुप्रति शंका व्यक्त गर्दै आएका छन् । विपक्षीहरुले उनीमाथि राजनीतिक कारणवश खोप खरिद गर्नमा ढिलाइ गरेको र महामारीको चिन्ताजनक अवस्थालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाइरहेका छन् ।

ब्राजिलमा अहिलेको प्रकोप अमेजोन क्षेत्रमा फेला परेको नयाँ ‘गामा भेरियेन्ट’का कारण पनि समस्याजनक बनेको बताइएको छ । गत हप्ता मात्र त्यहाँ दैनिक ७० हजारभन्दा धेरै नयाँ संक्रमितहरु थपिएका थिए ।

हाल सबै प्रमुख स्टेटहरुमा ८० प्रतिशत आईसीयू प्रयोगमा रहेको बताइएको छ । यसबारे ट्विट गर्दै स्वास्थ्यमन्त्री मार्सेलोले कोभिड महामारीका कारण आफ्ना बुवा, आमा, साथीभाइ र आफन्तजनहरु गुमाएका सबै परिवारप्रति समवेदना व्यक्त गर्दै ब्राजिलमा मृतकको संख्या पाँच लाख पार गरेको जानकारी दिएका हुन् ।

शनिबार मात्र त्यहाँ खोप अभियानलाई तीव्र बनाउन माग गर्दै  हजारौँ नागरिक बोल्सेनेरो सरकारविरुद्ध प्रर्दशनमा उत्रिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC