site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भू–भागनजिक मनसुनी न्यूनचापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज दिउँसो प्रदेश–१, प्रदेश–२ तथा वाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश–१, प्रदेश–२ तथा वाग्मती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशााखले जनाएको छ ।

महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनानुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

यस्तै, प्रदेश–१, प्रदेश–२ तथा वागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना छ । साथै, प्रदेश–१, प्रदेश–२ तथा वाग्मती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी–नाला तथा खहरे–खोलाहरुमा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC