site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साबिक विजेता पोर्चुगल जर्मनीसँग स्तब्ध
Ghorahi CementGhorahi Cement

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा साबिक विजेता पोर्चुगल पराजित भएको छ ।

शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ ले हरायो । पोर्चुगल पराजित हुँदा समूह चरणको समीकरण अझै रोमाञ्चक भएको छ ।

Agni Group

एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक/एक गोल गरे । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डर रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका थिए ।

पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक/एक गोल फर्काए ।

Global Ime bank

समूह ‘एफ’मा जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले दुई खेलबाट ३ अंक जोडेको छ । पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । समूहको तेस्रो स्थानको पोर्चुगलले दुई खेलबाट ३ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ००:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC