देश
किमाथांका । संखुवासभाको खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैँले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् ।
धर्मदेवीको आँखीभुईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।
कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाएको छ । रासस
प्रकाशित मिति: शनिबार, असार ५, २०७८ २३:११
प्रतिक्रिया दिनुहोस्