site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महेश आचार्यले प्रश्न उठाएपछि बैठकमै आक्रोशित भए देउवा
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो भूमिकामा प्रश्न उठाएपछि सभापति शेरबहादुर देउवा बैठकमै आक्रोशित भएका छन् । बिहीबारकाे बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा विधिको पालना नभएको र पार्टीमा छलफल नभएका विषय विपक्षी गठबन्धनकातर्फबाट आउने गरेको भन्दै विमति राखेका थिए । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार आचार्यले त्यस्तो धारणा राख्नासाथ आक्रोशित हुँदै देउवाले बैठकमा हस्तक्षेप गरेका थिए ।

‘‘पार्टीमा कुनै पनि छलफल भएको छैन । विपक्षी गठबन्धन बनाउनुभएको छ । पार्टीले निर्णय गर्न नभ्याउँदै विपक्षी गठबन्धनबाट वक्तव्य आउन थालेका छन्,’’ आचार्यको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘‘पार्टीमाभन्दा गठबन्धनमा छलफल हुन थाले, पार्टीको भूमिका गौण भएजस्तो देखियो ।’’ आचार्यले त्यस्तो भन्नासाथ सभापति देउवा आक्रोशित भएका थिए ।

‘‘पहिले माधव नेपालसँग मिलेर सरकार बनाउन हुने, अहिले गठबन्धन बनाउन पनि नहुने ? अनि पहिले प्रचण्डसँग मिलेर सरकार बनाउन हुने अहिले नहुने ?,’’ देउवालाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘‘एउटै विषयमा फरक फरक मापदण्ड हुन्छन् ?’’ देउवाको आक्रोशमा पनि आचार्यले भने नम्र जवाफ दिएको ती सदस्यले बताए ।

Agni Group

‘‘पार्टीमा छलफल नै नगरी कम्युनिस्टहरूसँग बसेर निर्णय गर्दै हुनुहुन्छ । यो अवस्थामा भोलि आउने परिस्थितिको जिम्मा पार्टीले लिन सक्छ कि सक्दैन ?,’’ आचार्यले भनेका थिए, ‘‘मैले त आफ्नो ठाउँबाट सुझाव दिने हो । त्यसलाई कार्यान्वयन गर्ने कि बेवास्ता गर्ने त्यो सभापतिको अधिकारको कुरा हो ।’’ 

उनले कम्युनिस्टसँग सहकार्य गर्नै हुँदैन भन्ने आफ्नो आशय नरहेको भन्दै त्यस्तो सहकार्यको जिम्मा पार्टीले लिनुपर्ने भए पहिले पार्टीमा छलफल हुनुपर्ने बताएका थिए ।

Global Ime bank

बैठक सुरु भएपछि पहिलो वक्ताका रूपमा धारणा राखेका आचार्यलाई देउवाले पटक पटक रोक्ने प्रयास गरेको तर आचार्यले भने नम्र भाषामै जवाफ फर्काएको स्रोतले बतायो । 

‘‘देशमा कोरोना संकटकै समयमा अर्को संकट थपिएको छ । यस्तो बेला जनताले नेपाली कांग्रेसको निर्णय र धारणा कुरिरहेका छन्,‘‘ आचार्यको भनाइ उद्धृत गर्दै ती नेताले भने, ’’यस्तो बेला सभापतिजीले विपक्षी गठबन्धनबाट वक्तव्य जारी गर्दा पार्टीको भूमिका र जनताको नजरमा कांग्रेसको इमेज कस्तो बन्ला ?’’

आचार्यले त्यस्तो भन्दा देउवाले “कि त गठबन्धन गर्नु भएन । कम्युनिस्टसँग हात नै नमिलाउने भन्नुपर्‍यो । होइन भने संयुक्त वक्तव्य त जारी गर्नुपर्‍यो नि,’’ भने उनकाे भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।

बैठकका विषयमा अर्का केन्द्रीय सदस्यले सभापति देउवामा अरूको कुरा सुन्ने धैर्यता नै नभएको बताए ।

‘‘सभापतिकोजीको अरूका कुरा धैर्यतापूर्वक सुन्ने बानी नै छैन । ठाडै जवाफ दिने बानी छ,’’ ती केन्द्रीय सदस्यले भने, ‘‘भोलि मैले बोल्दा पनि उहाँको शैली र स्वभाव त्यही नै हो । स्पष्टसँग केन्द्रीय समितिमा कुरा राख्न जो कसैले सभापतिजीसँग बाझ्न तयार हुनुपर्ने अवस्था छ ।” आफू समानका वरिष्ठ नेतादेखि सामान्य केन्द्रीय सदस्यसँग बोल्दासमेत देउवाको समान शैली देखिने गरेकाे उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC