site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढी पीडितको उद्धार तथा राहतका लागि अनेरास्ववियुको टोली मेलम्चीतर्फ
तस्बिर : रासस
Sarbottam CementSarbottam Cement

काठमाडाैं । उद्धार तथा राहतका लागि नेकपा (एमाले) काे विद्यार्थी संगठन अनेरास्ववियुको टोली मेलम्चीतर्फ प्रस्थान गरेकाे छ । महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज बिदाइ गरे ।

पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा बुधबार महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई बिदाइ गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहत तथा उद्धार टोलीले पीडिलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेन्ट पनि लिएर गएको छ । 

मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजारमा डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् । महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्‍याउन र आफ्नो संगठित शक्तिलाई परिचालन गर्न आह्वान गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC