site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दिल्ली जानु अगाडि झलनाथले भने– पार्टीको पछिल्लो अवस्थाले मलाई चिन्तित बनाएको छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपचारका लागि दिल्ली जानु अगाडि नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले पार्टीको पछिल्लो अवस्थाले आफूलाई  चिन्तित बनाएको बताएका छन् । 

जनताको चाहना र अपेक्षा विपरित नेताहरुमा देखिएको गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको उनले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“विगतमा हामी सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीको वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहन्छु,” उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौं भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं ।”  

राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका कारण अन्तर संघर्षको पराकम्प तत्कालीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परेको र अहिले नेकपा (एमाले) मा परिरहेको उनले बताएक छन् । 

Global Ime bank

“राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो,” उनले भनेका छन्, “त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ ।” 

उनले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याका कारण डाक्टरहरुको सल्लाहमा आफू केही दिनका लागि देश बाहिर जाँदैछु भनेका छन् । उनलाई आज दिउँसो दिल्ली लगिसकिएको छ । 

May be an image of text

तस्बिर : नर्भिक अस्पताल

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC