site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि नयाँदिल्ली लगियो
तस्बिर नर्भिक अस्पताल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारत नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि नर्भिक अस्पालमा उपचाररत खनाल थप उपचारका लागि नयाँ दिल्ली जान अस्पतालले दिएको सुझावअनुरुप उनलाई त्यसतर्फ लगिएको हो । खनाल नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका हुन् ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै थकान महसूस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिए पछि जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ संक्रमणमुक्त भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

भारत प्रस्थान गर्नुअघि एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता खनाललाई अस्पताल पुगेर भेटेका थिए । भेटका क्रममा पार्टी एकताबद्ध बनाउन महासचिव पोखरेललाई आग्रह गरेको पोखरेलको सचिवालयले जनाएको छ ।

नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

Global Ime bank

खनालमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको अस्पतालले जनाएको छ ।  

उनलाई मंगलबार एक पिन्ट रगतसमेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको अस्पताले आज विज्ञप्ति जारी गर्दै अस्पतालले जनाएको छ । 

“दिल्ली उड्नुअघि पनि उहाँमा निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो । चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्,” विज्ञप्तिमा भनिएको छ, “मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताउनुभएको छ ।” 

डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC