site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेलम्ची पुगेर सभामुखले भने– असामान्य र असाधारण अवस्था, प्रधानमन्त्रीसँग कुरा गर्छु
Sarbottam CementSarbottam Cement

मेलम्ची । सभामुख अग्निप्रसाद सापकोटाले मेलम्चीको स्थिति असामान्य र असाधारण रहेको बताएका छन् । बुधबार बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि उनले क्षतिको लेखाजोखा गर्न सकिने अवस्था नरहेको बताए । 

“आठजना बेपत्ता भएको आएको छ, अहिलेसम्म । हेलम्बु, मेलम्ची सबै ठाउँमा भएको क्षतिपछि मानवीय रुपमा गर्न सकिने सहयोग गर्नुपर्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफू काठमाडौं फर्केर बाढी र यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग पनि भेटेर कुरा गर्ने बताए । पीडितलाई सहयोग पुर्‍याउने सम्बन्धमा सबैबाट सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।

यसअघि, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तत्कालका निम्ति बाढीबाट प्रभावितलाई राहत र पुनस्थापनाका लागि सहयोग गर्न आग्रह गरेका थिए । सभामुख सापकोटासितको छलफलमा उनले मेलम्ची बजार क्रमशः डुब्दै गएकोले आफूहरु त्रसित रहेको पनि बताए ।

Global Ime bank

उनले मेलम्ची नगरपालिकामा ३०० र नेपाली सेनाको ब्यारेकमा ३०० गरी बाढीबाट प्रभावित ६०० जनालाई खानाको व्यवस्था गरिएको जानकारी दिए । छलफलमा प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए ।

सभामुख सापकोटा आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । उनले बाढीबाट प्रभावित बनेका स्थानीयसँग कुराकानी गरेका छन् । क्षतिबारे जानकारी लिएका छन् ।

इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC