site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले अध्यक्ष वा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्नेसहित युवा संघले राख्यो पाँचबुँदे माग 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)को भातृसंगठन युवा संघ वाग्मती प्रदेश कमिटीले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

खनाल–नेपाल समूहनिकट युवा संघले प्रतिनिधिसभा विघटन गर्नु गलत  भएको भन्दै आत्मालोचना गरेर अघि बढ्न प्रधाानमन्त्रीलाई सुझाव दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, पार्टी एकताका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिएर एकताको पक्षमा उभिन पनि माग गरिएको छ । एक व्यक्ति एक पद कायम हुनुपर्ने युवा संघका पदाधिकारीको सुझाव छ ।

“एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

यस्तो छ पाँचबुँदे माग 
क) नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।
ख) जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।
ग) एक ढिक्का नेकपा (एमाले) ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट छ  । यसर्थ अब पनि विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्धतिअनुसार २०७५ जेष्ठ २ गतेको कमिटी ब्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौँ ।
घ) एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ ।
ङ) विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप नेपाली जनताले यथाशीघ्र लगाउन पाउने व्यवस्था गरी सम्पूर्ण आम नेपाली जनताको जीवनरक्षा गर्नको लागि जोडदार माग गर्दछौँ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC