site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन आयोगको तटस्थतामाथि उपेन्द्र यादवसमूहले उठायो प्रश्न 
Ghorahi CementGhorahi Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको निर्णयले आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको ठहर गरेको छ । अध्यक्ष यादवले एक विज्ञप्ति जारी गर्दै आयोगको निर्णय विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहने जानकारी गराएका छन् । 

“निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हीत अनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गंभीर शंका उत्पन्न भएको छ । निर्वाचन आयोगले गरेका उपरोक्त काम कारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहनेसमेत जानकारी गराउछौं,” यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Agni Group

जनता समाजवादीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरी विवरण अध्यावधिक गर्न माग गरेका थिए । 

उता महन्थले पनि यादवलाई पार्टीबाट हटाएका थिए । तर, आयोगले आइतबार दुवै पक्षको निर्णय विधानसम्मत नभएको भन्दै अध्यावधिक गर्न अस्वीकार ग¥यो । आफ्ना मागमा आयोग निर्णयविहीन रहनुले आयोग जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रस्ट भएको आरोप समेत लगाएका छन् । 

Global Ime bank

आयोगले अपव्याख्या गरी पार्टी विधानविपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवम् अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजिएको देखिएको विज्ञप्तिमा उल्लेख छ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC