खेल
काठमाडौं । उपाधि दाबेदारका रूपमा रहेको स्पेनले १६औँ संस्करणको युरोकप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा बराबरी खेलको छ । सेभियामा स्पेनले स्वीडेनसँग बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्वीडेनले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।
बराबरीसँगै समूह ‘ई’को स्पेनले १ अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा छ । स्वीडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८ ०९:४१
प्रतिक्रिया दिनुहोस्