site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीन पूर्वप्रधानमन्त्रीले सरकारलाई भने– अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने काम नगर्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोटेश्वरमा बसेको तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको बैठकले सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराएका छन् ।

सोमबार साँझ विपक्षी गठबन्धनका नेतासमेत रहेका तीन पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल निवास कोटेश्वरमा छलफलमा बसेका थिए । 

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा–छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरामा पुनःस्पष्टता गरेको स्रोतले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै बैठकले आपसी सम्बन्धबारे पनि छलफल गरेको छ । सोमबारको बैठकले एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएको स्रोतले जानकारी दियो ।

आजको बैठकले कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । र, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गरेको बताइएको छ ।

Global Ime bank

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल गरेको र अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको एक नेताले बताए ।

राज्यका कतिपय अङ्ग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका उत्पन्न भएकाले निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण गराइएको ती नेताको भनाइ छ । 

ती नेताले निर्वाचन आयोगकको भूमिकातर्फ सङ्केत गरे । आइतबार मात्रै निर्वाचन आयोगले जनता समाजवादी पार्टीको दुवै समूहको निर्णयलाई आधिकारिकता दिन अस्वीकार गरेको थियो । दलसम्बन्धी विवाद निरूपण गर्न खोजेको भए राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ अनुसार आउन भनेको थियो ।

त्यस्तै बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना गरेको नेताहरूले जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC