site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डीआईजी सरुवामा अझै एक हप्ता लाग्ने, प्रदेश र सीआईबी जान दौडधुप
Sarbottam CementSarbottam Cement

काठमाडौं । साढे १३ महिना वितिसक्दा पनि नभएको नेपाल प्रहरीका डीआईजीहरुको सरुवा अझै एक सातासम्म रोकिनसक्ने सम्भावना छ । यसअघि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका कारण प्रधानमन्त्रीले चासो नदिँदा सरुवा रोकिएको थियो । तर, गृहमन्त्रीमा खगराज अधिकारी नियुक्ती भएसँगै लामो समयदेखि रोकिएको सरुवा हुने अपेक्षा गरिएको छ । प्रहरीमा एक वर्षमा नियमित सरुवा हुँदै आएको छ ।

नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पादनमा समेत असर पर्ने प्रहरी अधिकारीहरु बताउँदै आएका छन् । डीआईजीहरुको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने गर्दछ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, “मन्त्रीज्युले सबै शाखाहरुको रिपोर्र्टिङ लिइरहनुभएको छ । अब केही दिनमा सरुवाको विषय पनि आउला ।”

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना महामारी र राजनीतिक विवादबीच डीआईजीहरुको सरुवा ओझेलमा परेको हो । सातवटै प्रदेशका डीआईजी र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रमुखको एक वर्षको अवधी गत वैशाख ८ मा पूरा भइसकेको छ ।

एसएसपी र डीआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले पनि सरुवा रोकिएको थियो । तर, आईजीपी शैलेश थापा क्षेत्रीले पनि यसबारे चासो कम दिएकाले सरुवा समयमा हुन नसकेको आरोप पनि प्रहरीकै अधिकारीहरु लगाउँदै आएका छन् ।   

Global Ime bank

डीआईजीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा लागेका छन् । सातवटा प्रदेश र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नेतृत्व लिन डीआईजीहरु बढी सक्रिय भएका छन् । प्रदेश नम्बर १ मा डीआईजी सहकुल थापा र अरुण विसीको चर्चा छ । प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको नाम चर्चामा छ ।

गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेलको चर्चा हुँदा लुम्बिनी प्रदेशमा गणेश ऐरको चर्चा प्रहरी प्रधान कार्यालयमा चल्दै आएको छ । यस्तै कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्णको चर्चा छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम चर्चामा छ । तर, आईजीपी थापा प्रदेशका नेतृत्व गरिसकेका डीआईजीलाई सीआइबीमा नल्याउने मनसायमा रहेको बताइन्छ ।

यस्तै रवीन्द्र धानुकको नाम विशेष व्युरोमा चर्चामा छ । तर, सरुवामा प्रधानमन्त्री केपी ओलीले आफूनिकटका व्यक्तिलाई सरुवामा प्राथमिकता दिने सम्भावना बढी छ । त्यसैले डीआईजीहरु सरुवाका लागि वालुवाटार निकटका व्यक्तिमार्फत लविङमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC