site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोभिड केन्द्रित नीति तथा कार्यक्रम ल्याउँदै गण्डकी सरकार
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । सरकारका प्रवक्ता एवम मन्त्री कुमार खड्काका अनुसार सरकारले कोरोना महामारीलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम आउने बताए ।

आउँदो आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउने समयमा नै गण्डकीमा एमाले सरकार ढलेपछि बनेको कांग्रेस सरकारले रातभरि छलफल गरेर नीति तथा कार्यक्रम मस्यौदा गरेको हो । यसमा सरकारमा सहभागी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट प्रतिनिधीमूलक सांसद र विज्ञहरु बसेर छलफल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नीति तथा कार्यक्रम तयार गर्न योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, गण्डकी प्रदेशको योजना आयोगका पूर्वसदस्य भीमा ढुंगाना, मीन श्रेष्ठलगायतले सघाएका छन् । डा. पोखरेल मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलका भाइ हुन् ।

सरकारले आज ल्याउने नीति तथा कार्यक्रमाथि छलफल पनि आजैदेखि सुरु गर्ने, भोलि पारित गर्ने र भोलि नै बजेट ल्याउने तयारी छ । असार १ गते बजेट ल्याउने कानुनी बाध्यता तथा सरकार गठन प्रक्रियाका कारण सरकारले नीति तथा कार्यक्रम निकै हतारमा ल्याउन बाध्य भएको हो ।

Global Ime bank

यसअघि नै गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिइसकेको छ । गण्डकीमा मन्त्रिपरिषद विस्तार भए पनि कार्यविभाजन नभएका कारण मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले नै बजेट ल्याउने भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC