site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्राजिलको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुआत गरेको छ । आयोजक टोली ब्राजिलले प्रतियोगिताको पहिलो खेलमा सहज जित निकाल्दै सुखद सुरुआत गरेको हो । 

आइतबार राति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको हो । स्टाडियो नेसनल डी ब्रासिलियामा भएको खेलमा ब्राजिललाई जित दिलाउन मार्कविवन्होस, नेयमार र गार्बियल बर्बोसाले एक–एक गोल गरे । खेलको २३ औं मिनेटमा मार्कविवन्होसले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा रिचार्र्लिसनले गोल गरे पनि भिएआजरले मान्यता दिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमानभन्दा नेयमार १० गोलले पछि छन् ।

८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए । जितसँगै समूह ‘बी’मा रहेका ब्राजिलले ३ अंक जोडेको छ ।

Global Ime bank

ब्राजिल समूहको शीर्ष स्थानमा छ । भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC