site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आयोगले भन्यो– कारबाही विधानसम्मत देखिएन, ठाकुर र यादव नै अध्यक्ष रहेको कमिटी कायम
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षले गरेको कारबाहीको अद्यावधिक गर्न अस्वीकार गरेको छ । आज बसेको आयोगको बैठकले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव नै रहेको कमिटी कायम रहने निर्णय गरेको हो । आयोगले एकअर्कालाई कारबाही गरेको निर्णय पार्टीको विधानसम्मत नदेखिएको आयाेगकाे निष्कर्ष छ । 

“महन्थ ठाकर समेत चारजना पदाधिकारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको र अर्का अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरबाट अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको देखिन्छ । एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न सकिएन । यसर्थ एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरि दिन भनी जानकारी गराएको विषयलाई कानुन र दलको विधान सम्मत मान मिलेन,” आयोगको निर्णयमा भनिएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

आयोले अध्यक्षलाई हटाउँदा माथिल्लो कमिटीले पारित गर्नुपर्ने भएपनि त्यसअनुसार नभएकोले विधानअनुसार नभएको बताएको हो । पार्टीको विधानअनुसार कारबाहीको निर्णयलाई अद्यावधिक गर्न नमिलेको आयोगले जनाएको छ ।

“जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान, २०७७ आयोगमा पेश हुदा सो दलका दुवै अध्यक्षले प्रमाणित गरेको देखिन्छ । सो विधानको धारा १८ को उपधारा (२) मा केन्द्रीय कार्यकारिणी समितिमा केन्द्रीय समित अध्यक्ष २ जना रहने व्यवस्था गरेको देखिएको र विधानको धारा १५ को उपधारा (३) मा केन्द्रीय समितिको बैठक अध्यक्षको निर्देशनबाट बोलाईने छ भन्ने व्यवस्था रहेको देखिएकोमा सो बैठक दुवैबाट वा एक अध्यक्षबाट बोलाइने हो भन्ने सम्बन्धमा विधान मौन रहेको पाइयो । सो विधानको धारा ४९ मा कुनै पनि सदस्य वा समितिहरूलाई अनुशासनको कारवाही हुन सक्ने व्यवस्था रहेको देखिएकोमा सोही विधानको धारा ५० मा कुनै पनि तहको पार्टी समितिको अध्यक्षलाई हटाउँदा माथिल्लो समितिको अनुमोदन लिनु पर्नेछ भन्ने व्यवस्था भएकोमा सो माथिल्लो समितिबाट अनुमोदन लिएको नदेखिएको कारबाहीलाई विधान सम्मत कारवाही भएको भन्न मिलेन,” निर्णयमा भनिएको छ, ”अतः माथि उल्लेखित तथ्य, आधार, कारण र कानुनी व्यवस्था समेतको आधारमा जनता समाजवादी पार्टी, नेपालको अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर कार्यकारिणी समितिका सदस्यहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र अध्यक्ष महन्थ ठाकरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भै आएकोमा माग बमोजिम राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न मिलेन । राजनीतिक दल सम्बन्धी नियमावाली, २०७४ को नियम २५ को उपनियम (६) बमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने ।”

Global Ime bank

यस्ताे छ आयाेगले गरेकाे निर्णय :

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC