site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोगले भन्यो– जसपाका दुवै पक्षको कारबाही अद्यावधिक हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ( जसपा) को दुवै पक्षको कारबाहीको अद्यावधिक नगर्ने निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले पदाधिकारी हटाउनु र हेरफेर गर्नु एउटै विषय नभएकाले अद्यावधिक गर्न नमिल्ने निर्णय गरेको हो ।

दफा ४३ अनुसार आए मात्रै विवाद अघि बढाउने आयोगको एक अधिकारीले जनाकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई र यादव पक्षले महन्थसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कारबाही गरेपछि जसपाकाे विवाद निर्वाचन आयोगसम्म पुगेकाे थियाे ।

दुवै पक्षले जेठ १८ गने नै पार्टीको दर्ता किताबमा नाम अध्यावधिक गर्न राजनीतिक दलको दफा ५१ अनुसार आयोगलाई पत्राचार गरेका थिए । आयोगले भोलिपल्टै (जेठ १९) गते अनुसूचीअनुसार सात दिनभित्र आउन भन्दै दुवै पक्षलाई पत्र पठाएको थियो ।
 
उनीहरूले पार्टीको लेटरप्याडमा निवेदन लेखेको र विवरण पूर्ण नभएको भन्दै आयाेगले अनुसूचीअनुसार आउन पत्राचार गरेको थियो । सोही पत्रअनुसार जसपाको यादव पक्षले भने आयोगलाई जेठ २० गते नै अनुसूची अनुसारको विवरण पेश गरेकाे थियाे ।

Global Ime bank

तर, ठाकुर पक्षले भने निर्धारित समयमा अनुसूची अनुसारको विवरण बुझाउन सकेन । उसले कानुनअनुसार थप सात दिनको समय मागेको थियो । तर, उक्त समयमा ठाकुर पक्ष आयोग पुगेन ।

यस्ताे छ आयाेगले गरेकाे निर्णय :

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC