site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खुवालुङको विषयमा धेरै राजनीति भयो, प्रदेश–१ को नाम यही अधिवेशनबाट : मुख्यमन्त्री राई
Sarbottam CementSarbottam Cement

विराटनगर । सप्तकोसी नदीको खुवालुङ ढुंगाको विषय उछालेर धेरै राजनीति भएको भन्दै प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले धार्मिक, सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गरिने बताएका छन् । उनले प्रदेशको नाम प्रदेशसभाको चालु अधिवेशनबाट टुंगो लगाउन पनि आह्वान गरे ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार प्रदेशसभा बैठकमा राईले भने, “ढुंगा मात्रै हुँदो हो त त्यो फुटाउनुपर्ने ठाउँमा छ । तर, धार्मिक, सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ । खुवालुङलाई संरक्षण गर्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जल यातायात सञ्चालन गर्न नदीको बहावलाई ‘च्यानलाइज’ गर्ने काम सुरु भएको र खुवालुङको विषयमा आफूले संघीय सरकारसँग पनि कुराकानी गरेको उनले बताए । उनले भने। “निजी तहमा कसैले मसँग औजार छ फुटाऊँ भनेको होला । तर, प्रदेश र स्थानीय सरकारको तहमा यसलाई फुटाउने कुनै कुराकानी वा तयारी भएको छैन ।”

उनले कोभिड–१९ को महामारीले कसैलाई नछोडेको भन्दै दल, भूगोल वा वर्ग विशेष कोही पनि अछुतो रहन नसकेको बताए । भने, “राम्रा मनसायले आएका सुझावलाई ग्रहण गरिनेछ । तर, बाँकी विरोधका लागि विरोधका कुरा अथवा सार्वजनिक खपतका लागि राखिने कुरा वा आत्मसन्तुष्टिका लागि विचार वा टिप्पणीप्रति मेरो भन्नु केही छैन ।”

Global Ime bank

राईले प्रदेश सरकार समृद्धितर्फको बाटोमा रहेको र तीन वर्षमा ठूला–ठूला उपलब्धि हासिल भएको जिकिर गरे । “त्यसलाई देख्न सक्नुप¥यो, भन्न सक्नुप¥यो । नराम्रा कुरा मात्रै हेर्नु हुँदैन थियो,” राईले भने, “यसपटक महामारीका कारण अलिकति ढिला गरेर नीति कार्यक्रम पेस गर्नुपर्ने बाध्यता रहन गयो । तर, प्रदेश सरकार विकासको लागि चिन्तित छ ।” खोपलाई प्राथमिकतामा राखेर सरकारले नागरिकलाई खोप दिलाउन संघीय सरकारसँग पनि समन्वय गरिरहेको उनले बताए । 

‘केबलकार कहाँ पुग्यो ?’ भन्ने सांसदको प्रश्नको जवाफ दिँदै सोलुखुम्बुबाट पोङ्देसम्म केबलकार अध्ययन, अर्को खण्ड चतरा हुँदै सुरुङ, जलमार्ग र केबलकारसहितको अध्ययन हुँदै गरेको सुनाए । “सम्झौताको तयारी भएको छ । धरानदेखि मुलघाटसम्मको सुरुङमार्ग हाम्रो औकातबाट नहुने भए पनि त्यसपश्चात् प्रारम्भिक अध्ययन गर्न संघीय सरकारसँग छलफल भएको छ,” राईले भने, “५० वर्षसम्म हुन नसकेको विकास प्रदेश सरकार आएपछि सुरुवात भएको छ । झोलुंगे पुल बनेको छ । नारा नराख्ने, सपना नदेख्ने र महत्वाकांक्षा नबोक्ने हो भने समृद्धि पाउन सकिन्न ।”

उनले प्रदेशको नामांकन यही अधिवेशनबाट टुंगो लगाएर मात्र बैठक अन्त्य गरिने बताए । नीति तथा कार्यक्रममाथिको छलफलमा ३२ जनाले भाग लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC