site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ सरकारको नीति तथा कार्यक्रम संशोधनसहित पुनर्लेखन गर्न विपक्षीको माग
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ सरकारले सदनमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम संशोधनसहित पुनर्लेखन गरेर सदनमा पेस गर्न विपक्षी दलले माग गरेका छन् । आइतबार प्रदेशसभाको बैठकमा उनीहरुले यस्तो माग गरेका हुन् ।

नीति तथा कार्यक्रममा विपक्षी दलबाट तीनवटा संशोधन परेकोमा त्यसमाथिको छलफलका क्रममा सांसदले नीति तथा कार्यक्रम गन्जागोल ढंगले आएको, संघ, प्रदेश र स्थानय तहको एकल तथा साझा अधिकारका क्षेत्रहरुको विषय पनि हस्तक्षेप हुने गरी आएको भन्दै पुनर्लेखन गर्न माग गरिएको हो ।

संशोधनकर्ता दल नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले संशोधन प्रस्तावबारेको छलफलमा भने, “कोखदेखि शोकसम्म यसै वर्षदेखि लागु हुनुपर्छ । आर्थिक वृद्धि ६ प्रतिशत भनिए पनि ३ प्रतिशत मात्र हुने देखिएकोले यो संशोधन गर्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले बाढी, पहिरो, डुबान, कटान क्षति न्यूनीकरणको लागि तत्काल बजेट छुट्ट्याउनुपर्ने, अवैध ढुंगा तरस्कारी रोक्न नियन्त्रण गर्ने समिति बनाएर अघि बढ्नुपर्ने र कोरोना उपचारको लागि व्यवस्थित उपचारको प्रबन्ध गर्नुपर्ने भन्दै संशोधनको माग गरे ।

हटाउनुपर्ने नारालाई किन राख्ने ? भन्दै थापाले प्रश्न गरे । “नीति तथा कार्यक्रमबारे व्यापक समीक्षा गर्न जरुरी देखिएको छ । प्रतिपक्षीका रचनात्मक सुझवालाई सरकारले नीति तथा कार्यक्रममा समेट्नुपर्छ,” उनले भने ।

Global Ime bank

नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद मोहन खड्काले प्रदेशसभालाई छल्ने र जिम्मेवारीबाट सरकार भाग्ने क्रम चलिरहेको आरोप लगाए । उनले भने, “नीति तथा कार्यक्रमबारे छलफल भइरहँदा एकजना मन्त्रीबाहेक सबै मन्त्रीहरु अन्तरध्यान हुनुभयो । अहिले संघीयता नै कार्यान्वयन हुन नदिन षड्यन्त्र त भइरहेको छैन भन्ने पनि आशंका उब्जिएको छ ।”

नीति तथा कार्यक्रम संघ, प्रदेश तथा स्थानीय सरकारको एकल तथा साझा अधिकारको सूचीविपरीतसमेत आएको भन्दै उनले अधिकार बाँडफाँडविपरीत कतिपय बुँदा आएको जिकिर गरे । स्थानीय तहसँग समन्वय नै नगरी उनीहरुसँग सम्बन्धित कार्यक्रम ससर्त ल्याएर थोपर्ने काम भएको आरोप पनि लगाए ।

प्रदेश सरकार भौतिक निर्माण र कानुन निर्माणबाट पनि भागेको बताउँदै उनले भने, “बहुवर्षीय योजनाको कार्यविधि नै खारेज गरेको अवस्थामा कसरी कार्यान्वयन हुनसक्छ ? प्रदेशमा कानुन बनाउने अधिकार छ । तर, न्यायपालिकाको क्षेत्रमा समेत आफू रहनेजस्तो बुँदा तथा नीति राखेको देखिन्छ । समग्रमा हेर्दा नीति तथा कार्यक्रम पुनर्लेखन गरिनुपर्छ ।” उनले गन्जागोल गर्नुभन्दा यसलाई पुनर्लेखन गरेर सभासमक्ष पेस गर्न माग गरे । 

कोभिड–१९ विरुद्धको खोप संघीय सरकारसँगको समन्वयमा खरिद गरेर उपलब्ध गराउने, संघीय सरकारसँगको समन्वयमा स्वास्थ्य स्वयंसेवकको लागि अतिरिक्त अनुदान स्थानीय सरकारसँगको समन्वयमा उत्प्रेरणाको लागि दिइनुपर्ने उनले बताए ।

जसपा संसदीय दलका नेता जयराम यादवले आम्दानी पर्याप्त छैन भने खर्चमा नियन्त्रण गर्नुपर्ने बताए । उनले विगतमा पनि नीति तथा कार्यक्रमको ठेली आउने गरेको तर त्यो व्यावहारिक रुपमा कार्यान्वयन नभएको औँल्याए । सफल हुने कार्यक्रम ल्याउन उनले सरकारलाई सुझाव दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC