site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
डोरमणि पौडेलको व्यवहारबाट आजित थियौँ तर पनि उदारता देखायौँ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले संसदीय दल एकढिक्का हुँदा वाग्मती प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । 

१ सय १० सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेको ५७ सांसद छन् । प्रदेश संसदीय दल एक हुँदा नीति तथा कार्यक्रम पारित भएको र केन्द्रलाई सन्देश पनि दिइएको प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । 

“हामीबीच एकदमै तिक्ततापूर्ण अवस्था थियो । प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री डोरमणि पौडेलको व्यवहारले हामी आजित थियौँ । संसदीय दलको बैठकमा जान पनि मन नलाग्ने, उनीहरूसँग बोल्न पनि मन नलाग्ने आदि तनावपूर्ण अवस्था थियो । तर, यसले के फाइदा हुन्छ ? आखिर कम्युनिस्ट आन्दोलन त क्षतविक्षत हुने नै भयो । वाग्मती प्रदेशले पार्टी एक बनाउन किन पहल नगर्ने त भनेर हामीले उदारता देखायौँ,” शाक्यले थपिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री पौडेलले पनि तिक्तता त्यागेर मिलेर अघि बढ्न तत्परता देखाएकाले आफूहरू एकढिक्का हुन राजी भएको उनको भनाइ थियो ।

यसबाट केन्द्रले (ओली) पाठ सिक्नुपर्ने धारणा राखिन् । 

Global Ime bank

“हामीले अलि अगाडिदेखि नै पहल गर्‍यौँ । एमालेले यत्रो जनमत प्राप्त गर्‍यो । अभूतपूर्व उपलब्धी हासिल गर्‍यो । तर, त्यसै खेर जाने भयो भनेर हामी पीडा पनि भयो, मुख्यमन्त्रीले पनि सुध्रिन्छु भन्नु भयो । हामी मिल्न तयार भयौँ,” उनले संसदीय दल विभाजित नहुनुका कारण खोल्दै भनिन्, “केन्द्रमा त केपी ओलीको हठले बिग्रियो । प्रदेशमा त हामी मिलाउन सक्छौँ नि भन्ने लाग्यो ।” उनले आफूहरूले भनेअनुसार नीति तथा कार्यक्रम बनाउन मुख्यमन्त्री तयार भएकाले मिल्ने परिस्थिति बनेको शाक्यले बताइन् । 

“केही दिनअघि काठमाडौंमा प्रदेश संसदीय दलको बैठक बोलाइएको थियो । हामी (संसदीय दलका खनाल–नेपाल समूहका १५ जना)लाई त उहाँहरूले स्पष्टीकरण पनि सोध्नुभएको थियो । हामीले जवाफ पनि दिएका थियौँ । फेरि मुख्यमन्त्रीले तपाईं आइदिनुप¥यो भनेपछि मलगायत साथीहरू गयौँ । त्यहाँ मैले सबै कुरा राखेँ । मुख्यमन्त्रीले आफ्नो प्रवृत्ति सुधारे मिल्न बाधक नहुने बताएपछि त्यही बैठकमा नीति तथा कार्यक्रम ल्याउनका लागि राजेन्द्र पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यदल पनि बन्यो । त्यो कार्यदले सुझाव दिएअनुसार नीति तथा कार्यक्रम पनि बन्यो । मिल्ने परिस्थिति तयार भयो,” उनले भनिन् ।

अहिले १३ जिल्लालाई समानुपातिक तरिकाले बजेट ल्याउन मुख्यमन्त्री तयार भएको उनको भनाइ छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC