site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश–१ मा थप १,३१० संक्रमणमुक्त, ४८६ संक्रमित थपिए
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ बाट शनिबार एक हजार ३१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । यहाँ हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश–१ मा आज ४८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, उदयपुरमा ६, संखुवासभा र भोजपुरमा ४/४, तेह्रथुम, इलाम र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मोरङको विराटनगरमा ११७, बूढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरंँचामा ४, जहदा र स्थानीय तह नखुलेका ३/३, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २/२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १/१, सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जुमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १/१, झापाको दमकमा ७४, भद्रपुरमा १६, मेचीनगरमा ५, विर्तामोडमा ४, कचनकवलमा ३,  शिवसताक्षी , कमल, बाह्रदशी,  अर्जुनधारा र झापा गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा ४, सहिदभूमि, महालक्ष्मी, चौबिसे र  छथरमा १/१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीय तह नखुलेका १/१, संखुवासभाको खाँदबारीमा ३ र मादीमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका ३, तेह्रथुमको फेदापमा १, इलामको चुलाचुलीमा १, ताप्लेजुङमा १ र प्रदेश–१ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Global Ime bank

योसँगै प्रदेश–१ मा कोरोना संक्रमितको कुल संख्या ६५ हजार ३४१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७५२ रहेको छ । 

प्रदेश–१ मा आज एक हजार ४१९ स्वाब नमुनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २२६ महिला र २६० जना पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC