site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भाइको हत्या आरोपमा दाइ पक्राउ
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

जनकपुरधाम । महोत्तरीमा हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

लोहारपट्टी गाउँपालिका–७, भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेको आरोपमा उनका दाइ रामचन्द्र र भतिज मुकेश साहलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादमा दाइले भाइको हत्या गरेको आरोप लागेको छ ।

Agni Group

लामो समयदेखि उनीहरु छुट्टै बसेका थिए । कुलदेवता लक्ष्मणको घरमा थियो । रामचन्द्रले त्यो आफ्नो घरमा राख्ने भनेपछि यही जेठ २६ गते उनीहरुबीच विवाद भएको थियो । दाजुभाइबीच झगडा हुँदा रामचन्द्रको परिवारै मिलेर लक्ष्मणलाई मरणासन्न हुने गरी कुटपिट गरेका स्थानीयको भनाइ छ । 

गम्भीर घाइते लक्ष्मणलाई जनकपुरका कुनै अस्पतालले भर्ना लिन नमानेपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । परिवारजन लक्ष्मणको शव लिएर शुक्रबार राति घर फर्केका छन् ।

Global Ime bank

उक्त घटनापछि कुटपिटमा संलग्न रामचन्द्रसहित उनको परिवारका सबै सदस्य फरार भएका थिए । दुवैजनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC