site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बूढानीलकण्ठमा जनप्रनिधिले खोप कार्यकर्ता र आफन्तलाई बाँडे !
Ghorahi CementGhorahi Cement

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा वृद्धवृद्धाबाहेक अन्य व्यक्तिलाई नलगाउने भनिएको कोरोनाविरुद्धको खोप त्यहाँका कर्मचारी र जनप्रतिनिधिले कार्यकर्तालाई र आफन्तलाई लगाइदिएका छन् ।

आफ्ना कार्यकर्तालाई कोरोनाविरुद्धको खोप लगाइदिएपछि विवाद उत्पन्न भएको छ । 

स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डअनुसार ६० देखि ६४ वर्ष उमेदरसमूहबाहेक कसैलाई पनि खोप दिन मिल्दैन ।

Agni Group

काठमाडौं महानगरपालिकामा खोप नपुगेको भन्दै पछिल्ला दुई दिन खोप अभियान नै स्थगित गर्नुपरेको थियो ।

कार्यकर्ता र आफन्तलाई जनप्रतिनिधिले खोप लगाइदिएपछि शुक्रबार त्यहाँ झडपको अवस्था सिर्जना भएको थियो ।

Global Ime bank

नगरपालिकाका मेयर र उपमेयरले वृद्धवृद्धाबाहेकलाई पनि खोप उपलब्ध गराइएको स्वीकार गरेका छन् । 

तर उनीहरुले सबैलाई लगाएर सकिएपछि रहेको खोज जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीलाई लगाइएको दाबी गरेका छन् । ताकि उनीहरुले यसअघि नै खोप लगाइसकेका छन् ।

नगरपालिकाले पर्याप्त खोप नआएको भन्दै २७ गतेको खोप कार्यक्रम २८ गते शुक्रबारका लागि सारेको थियो । 

उक्त नगरपालिकाद्वारा खोप कार्यक्रम सारिएकोबारे सूचनामा भनिएको छ, “२८ गतेको खोप कार्यक्रममा लक्षित उमेर समूहका व्यक्तिहरु बाहेक अरु कसैले पनि खोप लगाउन पाउने छैनन् । दोस्रो डोज छुट भएका व्यक्तिहरु, स्वास्थ्यकर्मी र अन्य उमेर समूहका व्यक्तिहरुलाई खोप नलगाइने भएकाले खोप केन्द्रमा उपस्थित नभइदिन अनुरोध छ ।”

तर, यसविपरीत जनप्रतिनिधिका आफन्त र कार्यकर्तालाई खोप दिइएको गुनासो सर्वसाधारणको छ ।

कार्यकर्तालाई मात्रै खोप दिइएको भनेर खोप लगाइएको स्थानमा पुगेर केही युवाहरुले विरोध गरेपछि रोकिएको थियो ।

त्यसबेलासम्म ६०–६४ उमेरसमूहका बाहेकका धेरैलाई खोप लगाइएको थियो ।

बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलका अनुसार वृद्धवद्धालाई खोप लगाएर सकिएपछि स्वास्थ्यकर्मी, जनप्रतिनिधि र नगरपालिकाका कर्मचारी गरि करिब १०० जनालाई खोप दिइएको छ ।

तर स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई भने यसअघि नै खोप दिइएसकिएको छ । 

‘‘हामीले मोटामोटी रुपमा सबै वृद्धवृद्धालाई खोप लगाइसकेका थियौं । त्यसपछि केही खोप बच्यो । त्यसपछि नगरका अन्य कर्मचारीलाई लगाएका हौँ,” मेयर खरेलले भने । 

नगरबासीले दीर्घरोगी लगायतका लक्षित नागरिकले खोप लगाउन पाउनु पर्नेभन्दै विरोध गरेका थिए । 

‘‘वृद्धवृद्धालाई लगाएर बाँकी रहेको खोप नगर मातहतका कर्मचारीलाई नलगाएर फिर्ता पठाउनुपर्ने थियो,” मेयर खरेलले गल्ती स्वीकार गर्दै भने, ‘‘त्यसैले उच्च जोखिममा रहेका नगरका कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई लगाएका हौँ ।”

नगरपालिकाकी उपमेयर रमादेवी राईका अनुसार खोप लिन आएका सबै वृद्धवृद्धालाई लगाएर बचेको खोप शुक्रबार अन्य स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई लगाइएको हो । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC