site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अक्सिजन वितरणमा उपप्रधानमन्त्रीले गरे विभेद
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले स्थानीय तहलाई अक्सिजन वितरणमा विभेद गरेको पाइएको छ । मन्त्री महासेठले शुक्रवार धनुषाका स्थानीय तहलाई अक्सिजन सिलिण्डर वितरणमा विभेद गरेका हुन् ।
 
धनुषामा १८ ओटा स्थानीय तह छन । सबै स्थानीय तहमा अक्सिजन सिलिण्डर वितरण भएको छ । तर, आँफू निकटका स्थानीय तहमा बढी र अन्य पालिकामा कम दिइएको छ । धनुषाको मिथिला र मिथिला बिहारी नगरपालिकामा प्रधानमन्त्री केपी शार्मा ओली समूहका नगर प्रमुख छन् । उक्त नगरपालिकामा मन्त्री महासेठले १०/१० थान अक्सिजन सिलिण्डर दिए पनि अन्य १६ पालिकामा ५/५ थान मात्र वितरण गरेका छन् । 

अक्सिजनको सबभन्दा बढी आवश्यकता जनकपुरधाम उप–महानगरपालिकालाई भए पनि पार्टी निकट पालिकामा मात्र बढी दिएको भन्दै मन्त्री महासेठको आलोचना भइरहेको छ । बाहिरका संक्रमित व्यक्ति पनि जनकपुरधाम आएर उपचार गराइरहेका छन् । तर, जनकपुरधामलाई पनि मन्त्री महासेठले ५ थान अक्सिजन सिलिण्डर मात्र हस्तान्तरण गरेको भन्दै नगर प्रमुख लालकिसोर साहले असंतुष्टी जनाएका छन् ।

पालिकाले गरे भव्य स्वागत
महासेठको स्वागतमा धनुषाको मिथिला विहारी नगरपालिकाले लाखौं बजेट खर्चेको छ । मन्त्री बनेर पहिलोपटक गृहजिल्ला आएका उनलाई शनिबार मिथिला विहारी नगरपालिकाले भव्य स्वागत गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री महासेठको स्वागतमा ठाउँ–ठाउँमा गेट निर्माण गरिएको छ । मन्त्री महासेठ र उनकी पत्नी पूर्वमन्त्री जुली महासेठ मिथिला विहारी पुग्दा फूलको वर्षा गरियो । मिथिला विहारीका मेयर अनिल यादवले मन्त्री महासेठलाई भगवान झै उनको तस्विरमा आकर्षक फ्रेम लगाई उपहार प्रदान गरे ।

Global Ime bank

मन्त्री महासेठ दम्पतिलाई स्वागत गर्न नगरपालिकाका सयौं मानिसलाई मेयर यादवले उतारेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर, मन्त्री महासेठ दम्पतिले निषेधाज्ञाको कुनै प्रवाह गरेनन् ।
 
मेयर यादवले मन्त्री महासेठ दम्पतीलाई भव्य स्वागत गरेको स्वीकारे । स्वागतमा कति बजेट खर्च भएको बारे जानकारी दिन मानेन् । “प्रधानमन्त्री र मन्त्रीहरु आएपछि स्वागत त गर्नैपर्छ । गेट र मालामा कति नै खर्च लाग्छ र ?,” उनले भने, “खर्चको हिसाब भएको छैन । विविध खर्च वा अतिथि स्वागत खर्चबाट खर्च भएको होला ।” मन्त्री महासेठले नगरपालिकाभित्र तीनओटा पुलको शीलान्यास र एउटा पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

मन्त्री महासेठ दम्पति हिजो नै गृहजिल्ला धनुषा आए । धनुषा प्रवेश गरेलगत्तै उनलाई मिथिला नगरपालिकाले स्वागत गरेको थियो । त्यहाँ मन्त्री महासेठ दम्पत्तिलाई पञ्चकन्याले फूलको वर्षा गराएका थिए । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पनि ठाउँ–ठाउँमा गेट बनाउन लगाएका थिए ।

कोरोना प्रभावितलाई राहत दिन नसकेको र संक्रमितको उपचारमा समेत कुनै चासो नदेखाएका मिथिला र मिथिला विहारी नगरपालिकाले मन्त्रीको स्वागतमा लाखौं रुपैयाँ खर्च गरेका छन् । दुबै ठाउँका मेयर मन्त्री महासेठ निकट व्यक्ति हुन् । त्यसैले कोरोना महामारीले जनता आक्रान्त बनेको बेला पनि मन्त्रीको भव्य स्वागत गरिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC