site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा कोरोनाबाट ९०२ जना संक्रमणमुक्त हुँदा ४६२ संक्रमित थपिए
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

विराटनगर ।  प्रदेश १ मा काेराेना भाइरसबा ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मोरङको विराटनगरमा १०१, सुन्दरहरैचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५, रतुवामाई र बेलबारीमा ३–३, रंगेली, सुनवर्षी, कटहरी र स्थानीय तह नखुलेका २–२,  झापाको विर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमलगाउँपालिकामा ४–४, गौरीगञ्ज र बाह्रदशीमा २–२, गौरादह र  कचनकवलमा १–१, सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहवी र रामधुनीमा ५–५, हरिनगरमा २,  गढी, देवानगञ्ज , इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   

त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा ६, शहिदभूमीमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीय तह नखुलेका ३, तेह्रथुमको म्याङलुङमा ५, लालीगुराँसमा २, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सुर्योदयमा १–१, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, , पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १–१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

Global Ime bank

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६४ हजार ८५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५८१ रहेको छ ।  प्रदेश १ मा आज १ हजार ३७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २१० महिला र २५२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC