site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अष्ट्रेलियासँग खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीको अन्तिम ११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् ।

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ । 

Agni Group

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।

नेपालले अष्ट्रेलियाविरुद्ध चार खेलाडी परिवर्तन गरेको छ । जोर्डनविरुद्ध सुरुवाती-११ मा रहेका रहेका अन्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन्  ।

Global Ime bank

फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर विशाल राई, एरिक विष्ट र डिफेन्डर  गौतम श्रेष्ठ सुरुवाती-११ मा रहेका छन् ।

नेपाली टिम :

गोलकिपर- किरण चेम्जोङ ।

डिफेन्डर - रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल ।

मिडफिल्डर - पुजन उपरकोटी, एरिक विष्ट, विशाल राई ।

फरवार्ड - नवयुग श्रेष्ठ , सुमन लामा, सुनिल बल ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC