site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईएलओ बैठकलाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष संघईले भने– सबै मुलुकबीच सहकार्य आवश्यक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले सबै मुलुकबीच सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९औँ बैठकलाई सम्बोधन गर्दै उनले कोरोनाले पारहेको असरलाई कम गर्न सबै मुलुकबीच सहयोग र सहकार्यको आवश्यक रहेको बताए ।

कोरोना महामारीको कारण पहिलोपटक भर्चुअल माध्यमबाट आयोजना भइरहेको उक्त सम्मेलनलाई सम्वोधन गर्ने क्रममा उनले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वले नै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताए ।  “यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुक बीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गर्दछु,” उनले भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनले गतवर्ष नेपालमा कोरोना संक्रमण फैलिन सुरु भएलगत्तै सरकारले देशव्यापी बन्दाबन्दी गरेको तीन महिना बढी लकडाउनका कारण सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प हुँदा ठूलो नोक्सानी बेहोर्नुपरेको बताए । यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुको साथै पहिलो पटक दुई दशकयता मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको, कुल ग्राहस्थ उत्पादन घटन गएको, लाखौँको रोजगारी गुमेको र गरिबीको प्रतिशत बढ्न गएको उनले बताए ।

महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयांँ भेरियन्ट तीव्र रूपमा फैलिरहेकाले यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महशुस गरी सरकारसँग सहकार्य गर्दै कोरोना प्रभावित जनतालाई विभिन्न माध्यमबाट सहयोग गरिरहेको उनले बताए ।

Global Ime bank

मुलुकमा असल श्रम सम्बन्धको प्रवद्र्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न रोजगारदाताले ट्रेड युनियनसँगको संवादलाई महत्व दिएको उनको भनाइ छ । लकडाउन अवधिको ज्याला भुक्तानी लगायतका विषयमा सहमति समेत गरेको भन्दै उनले परिवर्तित सन्र्दभमा सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयाँ सिपयुक्त जनशक्तिको आवश्यकता पर्ने बताए । उनले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।

उनले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवम् केन्द्र, प्रदेश र स्थानीय सवै तहमा सामाजिक संवादको संयन्त्रणको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उल्लेख गर्दै आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने, साना तथा मझौला व्यवसायको प्रवद्र्धनमा प्राथमिकता दिई काम गरिरहेको बताए । रोजगारदाताले तय गरेका कार्यक्रमहरू संचालन गर्न आईएलओबाट थप सहयोग प्राप्त हुने अपेक्षा पनि उनले व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC