अर्थ व्यवसाय
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न१९ औं वार्षिक साधारण सभाले चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बाेनस शेयर र ३.७८९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीका अध्यक्ष रतन लाल केडियाले वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्दै आव २०७६/०७७ मा १ अर्ब ९६ करोड ३९ लाख बिमा शुल्क आर्जन गरेको बताए । यस आवको साधारण सभा भएको दिन सम्म रु २ अर्ब १ करोड भन्दा बढी बिमा शुल्क आर्जन गरिसकेको जनाइएको छ ।
उक्त बिमा शुल्क संकलन गत आवको सोहीको तुलनामा १६.०७ प्रतिशत बढी रहेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८ १६:१२
प्रतिक्रिया दिनुहोस्