site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नर्भिकको ओपीडी सेवा आइतबारदेखि संचालनमा आउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने बन्द रहेको ओपीडी सेवा आइतबारबाट पूर्ण रुपमा संचालनमा ल्याउने भएको छ । 

कोभिड १९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो । पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने नन्कोभिड बिरामीहरुको चाप बढेको छ । 

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपीडी सेवा संचालनमा ल्याउने तयारी गरिएको छ । 

Global Ime bank

कोभिडका बिरामीको संख्या घट्नु र नन्कोभिडका बिरामीको संख्या बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल संचालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)को निर्णयअनुसार नर्भिकले ओपीडी सेवा पुनः सुचारु गर्ने भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC