site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युरोकप आजबाट सुरु हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता आजबाट (शुक्रबार) सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको हो । प्रतियोगिताको उद्घाटन खेल इटालिमा हुनेछ ।
 
इटालीको रोममा हुने पहिलो खेलमा घरेलु टोली इटाली र टर्कीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक स्टेडियम हुने उद्घाटनखेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छन् । प्रतियोगिताको उपाधि दावेदार रहेको इटाली यो पटक उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।
 
प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यो पटकको युरोकप युरोपका ११ सहरमा आयोजना हुनेछ । जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लन्डनको वेम्बली स्टेडियममा हुनेछ ।

वेम्बली स्टेडियममा भने दर्शकहरुलाई छिर्न स्विकृत दिएको छ ।
 
यस्तो छ युरोकपको समूह विभाजन :
समूह ‘एं’ – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह ‘बी’ – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह ‘सी’ – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह ‘डी’ – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ‘ई’ – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह ‘एफ’ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC