site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरलाई व्यवसायीको आश्वासन— करको दायरा बढाउन हामी सहयोग गर्छाैँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । व्यवसायीहरूले काठमाडौं महानगरपालिकालाई करको दायरा बढाउन सहयोग गर्ने बताएका छन् । आर्थिक वर्ष ०७८/०७९ को वार्षिक बजेट नीति तथा कार्यक्रम तयारीका सन्दर्भमा राजस्व परामर्श समितिका संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकका सहभागी व्यवसायीहरूले संघ महासंघमार्फत सहयोग गर्ने बताएका हुन् ।

“महानगरको समृद्धिमा व्यवसायीहरूको साथलाई सँगै लिएर जाने हाम्रो सोच हो । अहिलेको विषम परिस्थितिमा राजस्वका दरमाभन्दा दायरामा हाम्रो दृष्टि छ,” बैठककी संयोजक खड्गी श्रेष्ठले भनिन, ‘‘तपाईँहरूको सहयोगबाट हामीले राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सक्छौँ । राजस्व उठाउन सरकारले व्यवसायी खोज्दै जाने, व्यवसायी छल्दै जाने होइन । व्यवसायीका समस्या सरकारले समाधान गर्ने र व्यवसायीले कर तिर्ने हो । यसमा आफ्नो आफ्नो भूमिका निर्वाह गरौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा मुख्यगरी महानगर क्षेत्रभित्रका वस्तुगत र सेवागत व्यवसायको सञ्चालन, सञ्चालकको मनोविज्ञान, व्यवसाय दर्ता र नविकरण प्रक्रिया जस्ता बुँदामा छलफल गरी दायरा बढाउने विषयमा छलफल भएको थियो । काठमाडौँमा उत्पादन हुने वस्तुसँग सम्बन्धित र उत्पादन नहुने व्यापारसँग सम्बन्धित विषयलाई अलग राखेर हेरिनुपर्ने व्यवसायीहरूको धारणा छ । अटो वर्कसपजस्ता व्यवसायलाई सहरबाहिर धपाउने गरेको, व्यवसायिक क्षेत्र नतोक्दा बहालमा व्यवसायीमाथि धेरै भार रहेको व्यवसायीको भनाइ छ । 

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार महानगरभित्रका व्यवसायलाई करीब ३ सय प्रकारमा वर्गीकरण गरेर व्यवसाय कर लगाउन प्रस्ताव तयार गरिएको छ । व्यवसाय गर्ने व्यवसायीका करिब ४० वटा संघ महासंघहरूसँग नियमित छलफल गरेर प्रस्ताव तयार पारिएको हो । उनीहरूले यसअघि भोगेका समस्या र असमानतालाई व्यवस्थापन गर्नेगरी आगामी वर्षका नीति कार्यक्रम र योजना तयार पार्ने क्रममा रहेको उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC