site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अष्ट्रेलियाका प्रशिक्षकद्वारा नेपाली टोलीको प्रशंसा 
तस्बिर : डेली मेल ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार (भोलि) अष्ट्रेलियासित प्रतिस्पर्धा गर्दै छ ।

नेपालले सन् २०२२ को विश्वकप छनोट र २०२३ को एसिया कप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेल खेल्न लागेको हो । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार राति ९ः१५ मा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले अष्ट्रेलियासँग खेल्नुअघि अष्ट्रेलियाका प्रशिक्षक जर्हाम अर्नाेल्डले नेपाली टोली एकदमै मेहनती रहेको बताए । उनले आफूहरु नेपालसँग खेल्नका लागि उत्साहित भएको पनि बताए ।

“नेपाली टोलीको खेल्ने तरिका धेरै राम्रो छ । नेपाली टोलीका प्रशिक्षकले पनि टिमलाई राम्रो बनाइरहेका छन् । हामी नेपालको खेललाई सम्मान गर्दछौँ । र, खेलका लागि उत्साहित छौँ,” अर्नेल्डले भने ।

Global Ime bank

नेपाली टोली पहिलेजस्तो नभएको पनि उनले बताए । नेपाललाई आफूहरुले कमजोर नआँकेको उनको भनाइ छ । नेपाल अष्ट्रेलियासँगको पहिलो लेगमा ५–० ले पराजित भएको थियो ।

नेपालले यसअघिका दुई खेलमा चाइनिज ताइपेइलाई २–० हराएको छ । त्यसबाहेक नेपाल पराजित भएको छ । नेपालको विश्वकप छनोटका लागि अघिल्लो चरण प्रवेशको सम्भावना सकिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC