अर्थ व्यवसाय
काठमाडौं । वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई बैंक खातमा रकम उपलब्ध गारउने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले दूध उत्पादन किसान प्रतिफलमा आधारित उत्पादनलाई प्रोत्साहन गर्न बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गरिने बताए ।
यस्तै, ‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’ नारालाई पूरा गर्न बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गरिन् उनले बताए । संघीय सरकारसँगको समन्वयनमा किसान परिचयपत्र वितरण गरिने पनि उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १६:२८
प्रतिक्रिया दिनुहोस्