site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यांग्री र लार्के खोलामा तत्काल काम थाल्न प्रधानमन्त्रीको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् ।

आज बालुवाटारमा खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल मेलम्चीबाट प्रतिदिन करिब १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोककै उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिने बताइन्छ  ।

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिएको जनाइएको छ ।

Global Ime bank

राजधानीवासीको लामो समयअघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गतेदेखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो ।

अब सुरुङको पानी पूरै खाली गरेर कुनै समस्या आए/नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने बताइएकोे छ । मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न करिब १० दिन, परीक्षणका लागि केही दिन र  पूरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ ।

त्यस अवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचनाअनुसार पानी वितरण गरिने मन्त्रालयका अधिकारीहरुले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC