site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामाजिक सुरक्षा कोषलाई बैंकर्स संघले भन्यो– जबरजस्ती नगर्नू, श्रम मन्त्रीलाई बैंक कर्मचारीको १२ बुँदे माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन जबरजस्ती नगर्न आग्रह गरेको छ । संघले कोषलाई पत्र लेख्दै कर्मचारीलाई मन लागेमा कोषमा आवद्ध हुन सक्ने व्यवस्था गर्न आग्रह गरेको हो ।

संघले लेखेको पत्रमा भनिएको छ, “कोषमा आवद्ध हुन चाहने कर्मचारीलाई मात्र त्यहाँ आवद्ध हुने व्यवस्थाका लागि अनुरोध छ ।”

संघले हालको अवकास कोषहरूमा आवद्ध हुन चाहने कर्मचारीहरूलाई त्यतै लाग्न दिन बाटो खुला गर्न भनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एउटै बैंकका कर्मचारीहरू दुईवटा कोषहरूमा आवद्ध हुँदा बैंकको काम बढ्ने भएता पनि कर्मचारीको सन्तुष्टिका लागि बैंकहरू थप व्ययभार लिन तयार भएको पनि संघले भनेको छ ।

पछिल्लो समय कोषले २ बैंकहरूलाई सम्बन्धित बैंकसँग छलफलै नगरी उजुरीमा एकतर्फी आदेश दिएको थियो । संघले यस विषयमा कोषका अधिकारीहरूले मिडियामा प्रचारात्मक रुपले अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेको छ ।

Global Ime bank

सामाजिक सुरक्षा योजना लागू गरिएपछि बैंकका कर्मचारी आवद्ध हुनेबारे विभिन्न चरणमा छलफल भइरहेको छ ।

अहिले पनि कर्मचारीहरूको ठूलो समूह सामाजिक सुरक्षा कोषमा योगदान गर्नु भन्दा हालका अवकास योजनामा योगदान गर्दा नै अवकास पछि आफू बढि सुरक्षित हुने महसुश गरिरहेका छन् । यता कोषले पनि अन्य कोषसरह सुविधा दिन समयक्रममा नीतिगत सुधार अबलम्बन गर्दै आइरहेको छ ।

संघले भनेको छ, "‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्यको सन्दर्भमा योगदानकर्ता जसको लागि कानून बनाइएको छ उसैलाई दुखी बनाउँदा न सरकारको उद्देश्य प्राप्ती हुन्छ न सम्बन्धित संस्थाको श्रम सम्बन्ध राम्रो हुन्छ ।“

यता, नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंकका कर्मचारी–सामाजिक सुरक्षा कोष टकरावबारे श्रम मन्त्रालयलाई अवगत गराएको छ । संघले सरकारलाई १२ बुँदे माग पनि राखेको छ ।

यी माग पुरा भएपछि मात्र बैंकका कर्मचारीहरू सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिने प्रतिबद्धता गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC