site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तीन हजार अंक पार गरेको नेप्से दोहोरो अंकले घटेर बन्द भयो, १७ अर्बको कारोबार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

 काठमाडौं । एकपछि अर्को नयाँ रकेर्ड बनाउँदै गएको सेयर साताको चौथो कारोबार दिन बुधबार दोहोरो अंकको करेक्सन भएको छ । मंगलबार २०६०.१५ अंकको ऐतिहासिक उचाइमा बन्द भएको नेप्से आज १३.५६ अंकले करेक्सन भएर  २९४६.५८ अंकमा बन्द भएको छ । 

प्रि–ओपन सेसनमा नै करिब ३५ अंकले बढेर २९९५.०८ अंकमा खुलेको नेप्सेले ‘इन्ट्रा–डे’ कारोबारमा ३००० अंकको बिन्दु पार गरेर फर्किको छ । आज नेप्सेले ३००५.९० अंकको ऐतिहासिक बिन्दुमा पुगेको थियो भने २९३३.६२ अंकसम्म झरेको थियो ।
 
सुरुआत देखिनै तीव्र उताचरचढाव देखिएको बजारमार आज विशेष गरेर वित्त कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव देखियो । सुरुआती १ घण्टामा नै ६ अर्बको कारोबार भको बजारमा जम्मा १७ अर्बको कारोबार भएको छ ।
 
३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९३ हजारको कारोबार भएको छ । २.०४ प्रतिशतले वृद्धि भएर २,३६७ अंकमा बन्द भएको वित्त कम्पनी उपसूचकमा आज ९ प्रतिशत माथिले उतारचढाव भएको छ ।
 
आज नेप्सेमा विकास बैंक उपसूचकमा सर्वाधिक ४.४१ अंक र बजारलाईं लिड गर्ने बैंकिङ उपसूचकमा ०.५८ अंकको करेक्सन हुँदा अधिकाम्स उपसूचक बढे पनि बजार परिसूचक नेप्सेमा भने करेक्सन भएको छ । वित्त कम्पनी उपसूचक २.०४ प्रतिशतले विस्तार हुँदा उत्पादनमुलक उपसूचक ३.९८ प्रतिशत र व्यापार उपसूचक १ प्रतिशतले बढेको छ ।
 
बजारमा १७ अर्बको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरले कारोबार रकममा लिड गरेको छ । कम्पनीको ७ करोड ९४ लाख ९० हजारको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बिमा कम्पनीको ६१ करोड ८० लाख ३ हजार, नेपाल इन्स्योरेन्सको ५१ करोड ६ लाख ७१ हजार र लुम्बिनी विकास बैंकको ४८ करोड २८ लाख ९८ हजारको कारोबार भएको छ । 

आज नेप्सेमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स तथा नेप्सेमा सूचिकृत भएर आजबाट कारोबार खुलेको सीईडीबी हाइड्रोपावरसहित ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुने अन्य कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर र पोखरा फाइनान्स छन् ।
 
यता, युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयर मूल्य घटेर सर्किट लेभलमा नै बन्द भएको छ । त्यसबाहेक सेयर मूल्य घट्नेमा विकास बैंक अगाडि देखिन्छन् ।
 
महालक्ष्मी विकास बैंकको सेयर मूल्य ६.३७ र साइन रेसुङगा डेभलमेन्ट बैंकको सेयर मूल्य ६.१५ प्रतिशतले घटेको छ । त्यस्तै मितेरी डेभलमेन्ट बैंकको ५.९७ प्रतिशत र गरिमा विकास बैंकको सेयर मूल्य ५.६३ प्रतिशतले घटेको छ ।
 
आज कारोबारमा आएका मध्ये ११६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ६० कम्पनीको भने बढेको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC