अर्थ व्यवसाय
काठमाडौं । कतार एयरवेजले आधिकारिक यूएफा युरो २०२० पोडकास्टको प्रायोजन गरेको छ । विशिष्ट फुटबल खेलाडी, विशेषज्ञ र सेलिब्रेटीहरूको एक टोलीले प्रतियोगिताको आधिकारिक एयरलाइन प्रायोजक कतार एयरवेजको सहयोगमा प्रस्तुत गरिने आधिकारिक युएफा युरो २०२० पोडकास्ट ‘द युरो साे’ मा भाग लिने जनाइएको छ ।
पोडकास्ट विशेषज्ञहरूको विश्लेषण, पर्दा पछाडिको अन्तर्वार्ता, टिम अपडेट र अन्य धेरै प्रस्तुतिसहित सबै मुुख्य वेब, मोबाइल एप र सोसल मिडिया प्लेटफर्ममा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८ १५:३१
प्रतिक्रिया दिनुहोस्