site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के एल दुगड समूहद्वारा मजदुरलाई खाद्यान्न सामग्री वितरण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । के एल दुगड समूहले विराटनगरस्थित बसपार्कमा कार्यरत मजदुरहरूलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामग्रीहरू वितरण गरेको छ । कोरोना महामारीका कारण रोजगारी नहुँदा समस्यामा परेका एक सय जना मजदुरलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितिमा खाद्यान्न वितरण गरिएको दुगड समूहले जनाएको छ ।

समुहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना  बिरामी कुरुवाहरूलाई खाना खुवाउने कार्यक्रमका लागि पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको जनाएको छ । उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहन र भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको जनाएको छ । उक्त सहयोगले उक्त अस्पातलमा सन्चालित सहुलियत भोजन कार्यक्रममा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको जनाइएको छ ।

अन्य स्थानमा पनि राहत वितरण गर्ने कार्य जारी रहने कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC