site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा कार्यक्रम शीघ्र कार्यान्वयन : अर्थमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम आगामी आर्थिक वर्षको सुरुवाती दिनदेखि नै कार्यान्वयनमा लैजाने बताएका छन् ।

मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वय हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

चालु आर्थिक वर्षको असार मसान्तभित्रै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका निम्ति आवश्यक निर्देशिकालगायत पूर्वतयारीको काम सम्पन्न गरिसक्ने भन्दै उनले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि नै बजेट कार्यान्वयन प्रक्रियालाई तीव्रता दिइने बताए ।

शैक्षिक ऋण दिने कार्यक्रम कार्यान्वयनमा कुनै दुविधा नराख्न भन्दै उनले ऋण लिन चाहने विद्यार्थीले आफ्नो परियोजना बीचमा असफल नहुने गरी अनुभवी व्यक्ति र संस्थाको सहयोगमा बनाउन आग्रह पनि गरे ।

Global Ime bank

“शैक्षिक ऋणसँग सम्बन्धित वा अरु शिक्षा क्षेत्रमा जेजस्ता मौलिक कार्यक्रम अगाडि सारेका छौँ हामीले वा नियमित कार्यक्रमहरु छन्, तिनको प्रभावकारी कार्यान्वयन हुन्छ । कुनै दुविधा, अन्योल, अस्पष्टता नराख्नका लागि, आश्वस्त हुनका लागि आग्रह गर्न चाहन्छु,” उनले भने, “यहाँहरुले कुरेर बस्नुपर्ने स्थिति हुँदैन । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने जुनखालको प्रबन्ध छ, यो बजेटको प्रबन्ध कार्यान्वयन हुन्छ । ऋण लिन चाहने युवाहरुले आफ्नो परियोजना निर्माण गर्दा बीचमै असफल भएर हिँड्नु नपर्ने गरी त्यसको तयारीमा ध्यान दिनका लागि अनुभवी व्यक्ति, संस्थाहरुबाट सहयोग लिन उत्प्रेरित गराउनुहोला । यो कार्यान्वयन हुन्छ । शीघ्र कार्यान्वयन हुन्छ ।”

अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षमा १५ सय विद्यालयको पूर्वाधार निर्माण गर्ने र देशका सम्पूर्ण स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम अगाडि बढ्ने पनि जानकारी दिए ।

विद्यार्थी युनियनले शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यक्रमको निश्चित प्रारुप तयार गरी तत्कालै कार्यान्वयनका लागि कर्जाप्रदायक सबैमा निर्देशन जारी गर्न तथा विद्यार्थीले तिर्नुपर्ने पाँच प्रतिशत ब्याजमध्ये चार प्रतिशत सरकारले र एक प्रतिशत विद्यार्थीले व्यहोर्ने गरी व्यवस्था मिलाउन अर्थमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । विद्यार्थीलाई ल्यापटप खरिद गर्न उपलब्ध गराइने ८० हजार रुपैयाँ प्रदान गर्न ढिला नगर्न पनि आग्रह गरेको छ ।

युनियनले कक्षा–५ सम्मका बालबालिकालाई उपलब्ध गराइने दिवाखाजा कार्यक्रममा अनियमितता भएको भन्दै विद्यार्थीको हातमै नगद उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, १६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई उपलब्ध गराइने सिमकार्ड वितरण तत्कालै सुरु गर्नुपर्ने, नागरिक तथा विद्यार्थीलाई आवश्यक न्यूनतम खाद्य तथा अध्ययन सामग्रीहरुमा सहुलियतको व्यवस्था गर्नुपर्ने र आकाशिँदो बजार मूल्यलाई नियन्त्रण गर्न तथा कालोबजारी अन्त्यका लागि राज्यका जिम्मेवार निकायहरुको प्रभावकारी परिचालन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC